काठमाडौं । लतिलपुर महानगरपालिकाले नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।
महानगरले आज (शुक्रबार) सूचना जारी गर्दै २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एकरएक जनाका लागि आवेदन आह्वान गरेको हो ।
यही कात्तिक २४ गतेसम्म दरखास्त दिन आग्रह गरेको छ । इच्छुक व्यक्तिले अनलाइनबाट दर्खास्त दिन सकिनेछ । १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र पूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ ।