रास्वपा छाडेर धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रभावशाली नेता धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन् । रास्वपाका चितवन जिल्लाका पूर्वसभापति समेत सहेका सापकोटाले पार्टी परित्याग गरी आम जनता पार्टीमा प्रवेश गरेका छन् ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले उनलाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरेको सो पार्टीका कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ बर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका एक बौद्धिक व्यक्तित्वको रुपमा परिचित रहेका छन् ।


विद्यमान पुरानो पार्टीहरु देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसूस गरेर यो पार्टीमा प्रवेश गरेको उनले प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।