राष्ट्रसंघका महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा जाने



काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदैछन् । जलवायु परिवर्तनको असरबारे बुझ्न उनी सोलुखुम्बुको स्याङ्बोचे पुग्ने कार्यक्रम छ । 

गुटेरेसले सगरमाथा क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प, लुम्बिनीलगायतको क्षेत्रको भ्रमण गर्नेछन् । गौतम बुद्धको देश भएकाले लुम्बिनी र जलवायु परिवर्तनले हिमाली भूभागमा पारेको असर बुझ्न उनले उच्च हिमाली क्षेत्रको भ्रमण गर्न लागेका हुन् । 


सोलुखुम्बुबाट फर्किएपछि गुटेरेस ललितपुरको यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् भने त्यसपछि पोखरा जाने कार्यक्रम रहेको छ ।

आज पोखरामै बस्ने गुटेरेस भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरामा पत्रकार सम्मेलन गरी भोलि नै गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ । 

लुम्बिनीबाट काठमाडौँ फर्किएपछि उनले अपराह्न संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्नेछन् । महासचिव गुटेरेस बुधवार स्वदेश फर्किने छन् । 

हिजो नेपाल भ्रमणमा आएका गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्रमन्त्री एनपी साउदलगायत दलका नेताहरूसँग राजनीतिक भेटघाट गरिसकेका छन् । 

गुटेरेस प्रधानमन्त्री दाहालले उनको सम्मानमा दिएको रात्रिभोजमा सहभागी भएका थिए ।