राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ११ जना प्रहरी हिरासतमा



काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गरेको छ ।

संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्न माग गर्दै प्रदर्शन गरेको हो । 


विरोध प्रदर्शनमा शान्तिवादीहरुले हत्या लगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन नसक्ने भन्दै प्लेकार्डहरु प्रदर्शन गरेर विरोध गरेका थिए । सो क्रममा प्रहरीले सहभागीहरुमध्येबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीसहित ११ जनालाई गिरफ्तार गरि प्रहरी वृत्त महाराजगञ्जमामा राखेको छ ।