कपिलवस्तु । प्रहरीले कपिलवस्तुबाट रक्तचन्दन जस्तो देखिने काठसहित आठ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सो काठसहित आठ जनालाई पक्राउ गरेको हो।
अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रकमा रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रक्त चन्दन जस्तो देखिने रातो काठ परिणाम ६१६ किलो ९७० ग्राम र ट्रक सँगै आइरहेको लु २ च १६३९ नम्बरको बलेरो पिकअपको पछाडीको ढालामा लुकाई छिपाई राखेको सोही प्रकृतिको ३६ किलो १८ ग्राम गरी जम्मा ६५३ किलो ग्राम १५० ग्रामको रक्त चन्दन जस्तो देखिने रातो काठ फेला परेको हो।
सो काठको अन्दाजी मूल्य एक करोड ६३ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका मानिस र बरामद सवारी साधन उक्त काठसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।