काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० शृँखलामा युएईले नेपालसामु जितका लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । भृतया अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो ।
यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका र ५ छक्का हिर्काए । अरविन्दले पनि ५१ बलमा ४५ रन बनाए । उनले यस क्रममा चार चौका हिर्काए ।
त्यस्तै, आसिफ खानले १८ तथा खालिद साहले १२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले २–२ विकेट लिए भने करण केसी र गुल्सन झाले १–१ विकेट लिए । नेपाल एक खेल खेल्नुअघि नै फाइनलका लागि आफ्नो स्थान निश्चित गरिसकेका छन् । आइतबार हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।