काठमाडौं । एमाले सांसद रघुजी पन्तले बढिरहेको महंगीले जनतालाई नजिकिएको दशैँ मान्न सकस पर्ने देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले महंगीले थलिएका जनताले यसपालिको दशैँ कसरी मनाउँछन् ? भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।
कविताको शैलीमा दाल, चामललगायत खाद्यान्नसहितको उपभोग्य बस्तुमा महंगी बढेको भन्दै उनले यसले जनतालाई मारमा पारे पनि सरकारले बेवास्ता गरेको बताए ।
यस्तो सांसद पन्तले सुनाएको कविता
खल्तीमा तलब हालेर हिँडियो बजार
चामलको बोराले नाघ्यो तीन हजार
रहर दाल किलोको २५०
बजार भाउ सुन्दा गुम्छ होसहवास
तरकारीले भाउ नै नसोध भनेझैँ गर्छ
गोलभेंडाले के किन्लास् र तैले भनेर आँखा तर्छ
दशैं पेश्की आउने कहिले कहिले
ेपेश्कीमा महंगी आयो
सरकारका घर त उज्याला होलान्
नहुनेको घरमा अहिले नै अँध्यारो छायो
आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ ?