बारामा बोर्डिङ स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार



बारा । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफमाथि गोली प्रहार भएको छ । सोमबार दिउँसो अज्ञात समूहले प्रिन्सिपल सर्राफमाथि गोली प्रहार गरेको हो ।

कलैया उपमहानगरको मुख्यबजारमै उनीलाई मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले तीन राउण्ड गोली हानेका थिए । सर्राफलाई उपचारका लागि वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको छ ।