बारामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु



बारा । बाराको कलैयामा अज्ञात समूहले चलाएको गोली लागी घाइते भएका बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार दिउँसो कलैयास्थित एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका स्वर्णकारलाई दुई वटा मोटरसाइकलमा आएका चार अज्ञात व्यक्तिले गोली हानेका थिए । छाती र घाटीमा गोली लागेका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएका स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


गोली प्रहार गर्ने अज्ञात व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।