बागमती प्रदेशसभाको बैठक असोज २१ गते बस्ने



मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही असोज २१ गते दिनको ३ः०० बजे बस्ने गरी बोलाइएको छ ।

उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले राससलाई जानकारी दिए ।


बागमती प्रदेशसभा बैठक यसअघि असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो ।

बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य छन् ।