बङ्गलादेशमा एक महिनामा सवारी दुर्घटनामा परी करिब पाँच सय जनाको मृत्यु



एजेन्सी । बङ्गलादेशमा गत महिना सडक, रेलमार्ग र जलमार्गमा भएका ४६७ दुर्घटनामा परी ४९६ जनाको मृत्यु हुनुका साथै ६८१ जना घाइते भएका छन् ।

यात्रु कल्याण सङ्घ बङ्गलादेश यात्री कल्याण समितिकाअनुसार यो महिनाभर ४०२ वटा सडक दुर्घटनामा परी ४१७ जनाको मृत्यु भएको छ भने ६५१ जना घाइते भएका छन् ।


संगठनका महासचिव मोजामेल हक चौधरीले राजधानी ढाकामा एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।गत सेप्टेम्बरमा भएका सडक दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए ।

यस्तै जलमार्ग दुर्घटनामा परी २८ जनाको मृत्यु, चार जना घाइते र तीन जना बेपत्ता भएका छन् ।दक्षिण एशियाली मुलुकका राष्ट्रिय दैनिक पत्रिका, अनलाइन समाचार पोर्टल र इलेक्ट्रोनिक मिडियामा आएका समाचारका आधारमा तथ्याङ्क सङ्कलन गरिएको सो संस्थाले जनाएको छ ।