प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि दरखास्त आह्वान



काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) तथा प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरी निरीक्षकमा ९६ जना र प्रहरी सहायक निरीक्षकमा २ सय ६० जनाका लागि दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म दरखास्त फारम भर्न सकिने सूचनामा उल्लेख छ।