सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादीको आधार इलाका रुकुम पश्चिममा आइपुगेका छन् । जिल्लामा लाग्ने सहिद मेलालाई सम्बोधन गर्नका लागि उनी बिहीबार हेलिकोप्टरमार्फत रुकुम पुगेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले रुकुम पुगेलग ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका–६ र ७ को विस्तारित बैठकमा सहभागीसमेत भएका थिए ।
साथै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका रहेको र उनी आजै काठमाडौँ फर्कने भएका छन् । प्रधानमन्त्री प्रचण्डसँग माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि रुकुम पुगेका छन् ।