प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान



काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा जान लागेका छन् । चाइना ल सोसाइटीको निमन्त्रणामा एक साताका लागि प्रधानन्यायाधीश श्रेष्ठ त्यसतर्फ लागेका हुन् ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ एक सातापछि नेपाल फर्कने छन् । चीनमा हुने कार्यक्रममा नेपाल तथा चीनको कानुनी व्यवस्था लगायतको विषयमा छलफल हुने बताइएको छ ।


आजै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पनि शुक्रबार चीन प्रस्थान गरेका छन् । चीनमा हुन लागेको दशौं बेइजिङ सियानसान फोरममा सहभागी हुन हुनी चीन प्रस्थान गरेका हुन् । अक्टोबर २९ देखि ३१ तारिकसम्म बेइजिङमा हुने कार्यक्रममा सहभागी हुन उनी चीन गएका हुन् ।