धनुषामा आज अभिमुखीकरण कार्यक्रम गर्दै जसपा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) धनुषा जिल्ला समितिले संगठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ ।

आज रौनियार धर्मशालामा आयोजित कार्यक्रममा उक्त जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समिति सदस्यहरु, प्रदेश समिति सदस्यहरु, जिल्ला समिति सदस्यहरु, क्षेत्रीय समिति र पालिका समितिका पदाधिकारीहरुलाई उपस्थित हुनेछन् ।


साथै जनप्रतिनिधिहरु, भ्रातृसंगठनका केन्द्र, प्रदेश तथा जिल्लास्तरीय पदाधिकारीलाई समेत अनिवार्य उपस्थित हुन भनिएको जिल्ला समितिका सचिव बरुणकुमार यादवले जानकारी दिए । अभियानलाई सशक्त र प्रभावकारी सञ्चालन गर्न विभिन्न विभागीय जिम्मेवारी समेत तोकेको छ ।

जसअनुसार संगठन विभाग प्रमुखमा शत्रुधन यादव, युवा विद्यार्थी विभाग प्रमुखमा ललित मण्डल, महिला विभाग प्रमुख गिरीजा यादव, जनसम्पर्क विभाग प्रमुख चन्द्रदीप गोइतलाई तोकिएको छ ।

विभागमा सदस्यहरुको चयन समेत गरेको जिल्ला सचिव यादवले जानकारी दिए । प्रदेशको आठै जिल्लाले तालिका बनाएर संगठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गरिरहेका छन् ।