दिपेन्द्र सिंह ऐरीलाई प्रहरीको सम्मान, सहायक हवल्दारमा बढुवा



काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । विस २०७३ देखि नेपाल प्रहरीमा रहेका दिपेन्द्र हाल प्रहरी जवानको पोष्टमा थिए ।

दिपेन्द्रले एशियन गेम्समा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाएर टी–२० आई क्रिकेटमा तोड्न नसकिने कठिन कीर्तिमान बनाएका थिए । 


सो कीर्तिमानको सम्मानस्वरुप नेपाल प्रहरीले उनको बढुवा गरेको बताएको छ । एशियन गेम्सको क्वाटरफाइनलमा भारतसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो र आजै नेपाली टिम स्वदेश आइसकेको छ ।