त्रिकोणात्मक टी—२० शृङ्खला : सोमपाल १३ रन बनाउँदै आउट भए



काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । 

नेपालले आठौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको हो । उनी आठ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै आउट भए । उनलाई युएईका बलर आयान अफजल खानले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले १७.४ ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको छ । 


युएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।