टिपरले किचेर काभ्रेमा एक जनाको मृत्यु



काभ्रे । पाँचखाल नगरपालिका-६ चामुण्डा पम्प नजिक अरनिको राजमार्गमा टिपरले किचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोटरसाइकल चालक पाँचखाल-६ का नारायण तिमल्सिना रहेका छन्। 

आइतबार साँझ ६ बजेतिर बा ७२ प ९७६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२४ प २५०१ नम्बरको स्कुटर एक आपसमा ठोकिएका थिए।


पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००४ क २३२८ नम्बरको टिपरले  तिमल्सिनालाई किचेको प्रहरीले जनाएको छ। उक्त घटनामा घाइते तीन जनाको उपचारका लागि प्रहरी र स्थानीयले धुलिखेल अस्पताल पठाएका छन् ।

स्थानीयले घटनापछि अरनिको राजमार्ग साँझ ६ बजेदेखि अवरुद्ध गरेका छन् ।