जैसवालको शतकमा भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य



काठमाडौँ । भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । जारी एशियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको हो ।

भारतले २० ओभरमा ४ विकेट गुमाउदै २०२ रन बनाएको हो ।


भारतका लागि यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए । उनी ४९ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी भारतका लागि कप्तान रुतुराज गायकवाडले २५ रन बनाए भने शिभम दुबेले अविजित २५ रन बनाए ।

त्यस्तै तिलक बर्माले २, जितेश शर्माले ५ र रिंकु सिंहले  अविजित ३७ रन बनाएका थिए ।

त्यसैगरी नेपाल बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।