काठमाडौँ । सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ ।
शुक्रबारदेखि लागू हुने गरि सरकारले जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ मूल्य घटाएको हो ।
योसँगै अब जिउँदो खसी प्रतिकिलो ६५० र जिउँदो च्यांग्रा प्रतिकिलो १२२५ रुपैयाँ कायम भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनि सरकारले खसी तथा च्याङग्रा खरिदमा थप सहुलियत दिएको हो । दसैँलाई लक्षित गरी सरकारको तर्फबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मंगलबारदेखि खसी, बोका र च्यांग्रा बेच्न सुरु गरेको छ।