चाडपर्वमा ड्रोनबाट निगरानी गर्दै प्रहरी



काठमाडौं । नजिकिदै गरेको चाडपर्वमा नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले पहिलो पटक ड्रोनबाट निगरानी गर्ने भएको छ ।

परिसरका प्रमुख भूपेन्द्रबहादुर खत्रीले विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित हिसावले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको बताए । उनले यस पटक सुरक्षाका लागि भीडभाड स्थानमा ड्रोनबाट निगरानी गरिने बताए ।


यसैगरी, यात्रुहरुको सुरक्षा सन्दर्भमा उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको जानकारी पनि उनले बताए । उनका अनुसार काठमाडौं जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।