गुलाबजङ्ग शाह एमाले कर्णाली प्रदेश अध्यक्ष निर्वाचित



काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह विजय हुने निश्चित भएको छ । उनले जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै विजय सुनिश्चित भएको हो ।

५०० मत गनिसक्दा अध्यक्षका निकटतम प्रतिस्पर्धी मीन बहादुर शाहीले १६४ मत पाएका छन् भने अर्का उम्मेदवार मीन बहादुर शाहीले १६४ मत पाएका छन् । उनले १४६ मतले अग्रता कायम गरेका छन् । जबकी गन्न बाँकी रहेको मतभन्दा मतान्तर बढी भएपछि उनी विजयी बनेका हुन् ।


त्यस्तै, उपाध्यक्षमा टेकराज पछाईले २८५ मतले पाएका छन् भने लाल बहादुर महताराले १४३ मत ल्याउँदा दानसिंह परिवार ४९ मतमा सीमित भए ।

त्यस्तै, सचिवमा ध्रुव बहादुर शाही ३३९ सहित अग्रस्थानमा हुँदा रूद्र बहादुर शाहीले १३३ मत ल्याएका छन् ।

त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले २४६ मतले लिड गरिरेहका छन् भने रमेश वहादुर शाही २१९ मतले पछ्याइरहेका छन् । त्यस्तै, पद्मा खड्का ११९ र मेनका पछाईले ८६ मत ल्याएका छन् ।