कोशीमा गठबन्धनले सरकार भत्काउने प्रपञ्च सुरु गरिसक्योः महासचिव पोखरेल



सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशीमा गठबन्धनले सरकार भत्काउने प्रपञ्च सुरु गरेको आरोप लगाएका छन् ।

शनिबार प्रेस चौतारी सिन्धुलीले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कोशीका मुख्यमन्त्री केदार कार्की इमान्दार ढंगले अघि बढेसम्म एमालेले साथ दिने बताए ।


कोशीमा सरकार विहीन हुन नदिन कांग्रेस नेतालाई समर्थन गरेको उनले बताए । उनले भने, ‘जसको जगमा सरकार निर्माण भएको छ त्यसलाई भत्काउने प्रपञ्च सुरु भइसकेको छ। मुख्यमन्त्री जसको जगमा हुनुभएको छ उहाँले आफ्नो इमान कायम राख्नुहुन्छ भन्ने ठान्छु। उहाँ इमानदारितापूर्वक अगाडि बढेसम्म हाम्रो साथ रहन्छ।’

महासचिव पोखरेलले एमाले सत्ताको हतारोमा नरहेको पनि बताए । उनले एमालेले स्वभाविक रुपमा वैकल्पिक सरकारका लागि साथ दिएको बताए । कोशीमा भएको कुरालाई गठबन्धनले अवैधानिक मानेको खण्डमा अहिलेको सरकार पनि अवैधानिक हुने उनले बताए ।