काभा भलिबलमा साउदीसँग नेपाल पराजित



काठमाडौँ । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो चौथो खेलमा नेपाल साउदी अरेबियासँग प्रतिष्पर्धात्मक खेलमा पराजित भएको छ ।

शुक्रबार सम्पन्न खेलमा नेपाल साउदी अरेबियासँग ३-२ को सेटमा पराजित भएको हो । नेपाल साउदीसँग २५-२२, २१-२५, २५-२३, २५-२७ र १६-१७ ले पराजित भएको हो ।


नेपालले यसअघिका खेलेका तीन मध्ये २ खेल जितेको थियो । पहिलो खेलमा नेपालले बंगलादेशलाई ३-१ ले जितेको थियो भने आयोजक श्रीलंकासँग ३–० ले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा अफगानिस्तानलाई ३-२ ले पराजित गरेको थियो ।

६ देशको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ देश फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले अब असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुने तालिका छन् ।