काभा भलिबलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित



काठमाडौं । काभा भलिबल च्यालेन्जल कपमा आज नेपाल सोझो सेटमै पराजित भएको छ । श्रीलंकामा जारी च्यालेन्ज कपमा नेपाल आयोजक श्रीलंकासँग ३-० को सेटमै पराजित भएको हो ।

खेलमा श्रीलंकाले २६-२४, २५-१८ र २५-१६ को सोझो सेटले जित हासिल गरेको थियो ।


प्रतियोगिताको पहिलो दिन नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात गरेपनि दोस्रो खेलमा हार बेहोर्नुपरेको छ । अब नेपालले बुधबार अफगानिस्तानसँग खेल्ने तालिका छ ।

काभामै मंगलबार भएको अर्को खेलमा उज्ज्वेकिस्तानले साउदी अरेबियालाई सोझो सेटमै हराएको छ । प्रतियोगितामा श्रीलंका, उज्ज्वेकिस्तान र अफगानिस्तान निकै बलिया टिम मानिन्छन् ।