काठमाडौंका यी क्षेत्रमा कात्तिक ४ गतेसम्म विद्युत सेवा प्रभावित हुने



काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् सेवा प्रभावित हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै लैनचौरस्थित ६६/११ के.भी. सबस्टेसन स्तरोन्नति भइरहेकाले कात्तिक ४ गतेसम्म उक्त सबस्टेशनबाट आपूर्ति भइरहेका स्थानसहित अन्य क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने जानकारी दिएको हो ।


उक्त सबस्टेसनबाट सञ्चालित सामाखुशी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रमा विद्युत् सेवा केही दिन प्रभावित हुने भएको हो ।