काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीमा भन्दा प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताएका छन् ।
आज मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूले जति आलोचना गरे पनि प्रचण्ड र नारायणकाजीले प्रतिक्रिया नजनाएको भन्दै आफुले हजुरबुबा मानेका ओलीमा भन्दा उनीहरुमा राजनीतिक चरित्र भएको दाबी गरेका हुन् ।
‘हजुर बुबामा राजनीतिक चरित्र देखिएन, बरु प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखियो’, प्रसाईंले भने, ‘एमालेले मलाई ठुलो गुन लगायो । नेता बनायो । ट्रेडमार्क बनायो । एमालेसँग प्रतिस्पर्धा गर्ने दुर्गा प्रसाईं हो भन्ने ठान्यो । त्यसपछि कालोमोसो दल्यो ।’
प्रसाईँले १८/२० जना मारवाडीको हातमा देशको अर्थतन्त्र गइसकेको भन्दै अब केही वर्षभित्रै यो देशको सत्ता पनि मारवाडीकै हातमा जाने दाबी गरे । उनले देश लुट्ने मारवाडीको विरोध गर्दा आफूमाथि आक्रमण भएको बताए ।