एमाले सुदूरपश्चिममा सबै पदाधिकारी सर्वसम्मत, अध्यक्षमा जैशी



काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी सर्वसम्मत चयन भएका छन् ।

धनगढीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट जैशी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । अध्यक्ष पदमा मनोनयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध भएका हुन् ।


अध्यक्षसहित सबै पदाधिकारीमा सहमति जुटेको छ । उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर बिक र उपसचिव (महिला) मा कैलालीकी भागरथी विष्ट चयन भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए ।