एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी



गण्डकी । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् ।

मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा ५३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा मिनप्रसाद गुरुङ विजयी भएका छन् ।


सचिवमा धनन्जय दवाडी ५ सय २० मतसहित विजयी भए  । बिहीबार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो ।