एमाले कोशी अधिवेशन : ५ बजेदेखि मतदान



विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत निर्वाचनमा अपरान्ह ५ बजेदेखि मतदान हुने भएको छ । यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिएपनि तयारी नपुगेकाले भन्दै समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।

मतदान ५ बजेदेखि सुरु हुने भनिएपनि निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छैन । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको आचार्यको भनाइ छ ।


एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् भने उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी प्रतिस्पर्धी छन् ।