अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प



काबुल। अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्पको धक्का महशुश गरिएको छ। सो भूकम्पले ठूलो क्षति पुर्‍याएको हुन सक्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अर्थात् ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ।


आज महशुश गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको बिस्तृत बिवरण भने अझै आईसकेको छैन।

अफगानिस्तानमा गत साता अर्थात ७ अक्टोबर शनिबारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिइ सकेको छ। सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको संख्या पुष्टि गरेको छ।

तालिबानले त्यहाँ आएको यो भूकम्प दुई दशकयताकै सबैभन्दा ठूलो भूकम्प भएको बताएको छ। सो भूकम्पमा भएको क्षतिको बिबरण संकलन तथा उद्धारको कार्य जारी रहेको बेला पुनः अर्को भुकम्प गएको हो।