सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व



तनहुँ । तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ । राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।


सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको प्रहरीको भनाइ छ ।