साहित्यतर्फको नोवेल पुरस्कार नर्वेका लेखक जोन फोसलाई



यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जोन फोसलाई प्रदान गरिएको छ । नोबेल पुरस्कार समितिले विहिबार लेखक फोसलाई प्रदान गर्ने निर्णय गरेको हो ।

फोसलाई उनका अभिनव नाटक र गद्यका लागि नोबेल पुरस्कार दिने निर्णय भएको समितीले उल्लेख गरेको छ । ६४ बर्षिय फोस नर्वेका चर्चित लेखक एवं नाटककार हुन् ।


यसअघि यस बर्षको रसायनशास्त्रको नोबेल पुरस्कार मौंगी बावेन्डी, लुइस ब्रुस, एलेक्सी एकिमोभलाई प्रदान गरिएको थियो भने भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिश एनी एलहुइलियरलाई प्रदान गरिएको थियो । त्यस्तै चिकित्सातर्फको नोबेल पुरस्कार काटालिन करिको र ड्रेयू वाइजम्यानलाई दिइएको थियो ।

अब शुक्रबार नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा गरिने छ भने अर्थशास्त्रको क्षेत्रमा यो पुरस्कार विजेता अक्टोबर ९ मा घोषणा गरिनेछ ।