विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश



काठमाडौं । प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक पेश भएको छ। आइतबारको संसद बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयक प्रस्तुत गरेका हुन् ।

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित बनेका थिए। सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने बताएपछि उनीहरूले आन्दोलन फिर्ता लिएका थिए ।


विधेयकमा तमाम त्रुटि रहेको भन्दै सच्याउनुपर्ने माग राख्दै शिक्षकहरू आन्दोलित बनेका थिए । विधेयकमा त्रुटि रहेको सत्तपक्षका सांसदहरूको भनाइ छ। नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विधेयकमा तमाम त्रुटि रहेको र संसदबाटै सच्चाउनुपर्ने बताएका थिए ।

उनले विधेयक सरकारको प्रस्ताव मात्रै भएकाले यसमा रहेका धेरै त्रुटिहरूलाई संसदबाट सच्याउने प्रतिवद्धता जनाएका थिए।