बालकोटमा कोशीका मुख्यमन्त्री कार्की र ओलीबीच भेटवार्ता



काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । मुख्यमन्त्री नियुक्त भएपछि काठमाडौं आएका कार्कीले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

भेटमा मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीलाई एमालेसँग आफूले गरेको सहमतिमा धोका नहुने बताएका थिए ।मुख्यमन्त्री कार्की र ओलीबीचको भेटबारे तस्बिर राख्दै एमाले नेता महेश बस्नेतले भनेका छन्, वर्तमान राजनैतिक परिवेसको सांकेतिक र अर्थपूर्ण फोटो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट केपी बाको घरमा । कार्कीसहित कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।


उनले काठमाडौं आएर पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग भेटेका थिए । कोशीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए।

तर उनीहरू शनिबार प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा खनाखत गर्न गएका थिएनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच गठबन्धनलाई कायमै राख्ने सहमति शनिबार बिहान बालुवाटारमा भएको थियो।