काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित बझाङ जाने भएका छन् । गत मंगलबार गएको भूकम्पको केन्द्रविन्दु बनेको बझाङको अवस्थाबारे जानकारी लिन शुक्रबार उनी त्यसतर्फ जाने भएका हुन् ।
यसअघि बिहीबार बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले बझाङमै गएर अवलोकन गरेर थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए ।
मंगलबार दिउँसो ३ः ०६ बजे को समयमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट एकजनाको मृत्यु भएको छ ।