पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।

त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।