न्याय सेवा आयोगले माग्यो ७ सहसचिव र ४५ उपसचिव



काठमाडौं । न्याय सेवा आयोगले सहसचिव र उपसचिवका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गरि नेपाल न्याय सेवाको रिक्त सात सहसचिव र ४५ जना उपसचिवका लागि दरखास्त आह्वान गरेको हो ।

सूचना प्रकाशित भएको ३५ दिन भित्र सहसचिवका लागि एक हजार पाँच सय र उपसचिवका लागि एक हजार दुई सयको रसिद संलग्न गरी आयोगमा दरखास्त बुझाउन सूचनामा भनिएको छ ।