काठमाडौं । नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउदसहित नेपाली टोली इजरायल जाने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले परराष्ट्र मन्त्री साउद नेतृत्वको टोली नेपाली विद्यार्थी लिन इजरायल जाने निर्णय भएको बताए ।
बुधबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री रिजालले परराष्ट्रमन्त्री नै इजरायल जाने बताए ।
इजरायलमा रहेका नेपालीहरूमध्ये २८८ जनाले स्वदेश आउन आवेदन दिएका छन् । नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल जाँदैछ ।