चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रणका विषयमा मनोहरामा नागरिक सुनुवाइ



काठमाडौं । प्रहरी प्रभाग काँडाघारी र कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त आयोजनामा चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा बजार अनुगमनकालगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष अनिल थापाको सभापतित्वमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा चाडपर्वमा आपराधिक गतिविधि नियन्त्रण, बजार अनुगमनतथा दुर्घटना न्यूनीकरणका विषयमा सार्वजनिक सुनुवाई भएको हो ।


कार्यक्रममा वक्ताहरुले चाडपर्वमा अपनाउनुपर्ने होशियारीकाबारेमा नागरिकलाई जानकारी गराएका थिए । कार्यक्रममा प्रहरी वृत बानेश्वरका प्रहरी नायब उपरीक्षक श्री शिवराज बुढाथोकी, काडाघारी प्रहरी प्रभागका प्रहरी निरिक्षक र ट्राफिक प्रहरी प्रभाग काडाघारीका प्रहरी नायब निरीक्षक, एवं कार्यपालिका सदस्य, नगर सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालय, क्लव तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, टोल सुधार समितिका प्रतिनिधिहरू सहभागी थिए ।