काठमाडौँ । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानमाथि शानदार जित हासिल गरेको छ ।
बुधबार सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै दोस्रो जित हासिल गरको हो । नेपालले अफगानिस्तानलाई २५-१९, १९-२५, २२-२५, २५-२१ र १५-१० ले पराजित गरेको हो ।
पहिलो सेट जितेपनि नेपालले त्यसपछि लगातार दुई सेट गुमाएपछि दबाबमा आएको नेपालले चौथो र पाँचौं सेट जितेर खेल ३-२ ले जितेको थियो ।
नेपालले यसअघिका खेलेका दुई मध्ये बंगलादेशलाई ३-१ ले जितेको थियो भने आयोजक श्रीलंकासँग ३–० ले पराजित भएको थियो ।
६ देशको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ देश फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले अब असोज २६ गते साउदी अरबसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुने तालिका छन् ।