एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिला ट्वीटर) को सदस्यता मोडलमा फेरी परिवर्तन गरेका छन् । यसअन्तर्गत आधारभूत सुविधाका लागि वार्षिक एक डलर शुल्क लगाइने भएको छ ।
नयाँ सब्सक्रिप्शन मोडेलको नाम ‘नट अ बट’ राखिएको छ, जसमा प्रयोगकर्ताले अरूको खातामा गरिएको पोस्टलाई लाइक वा पुन: पोस्ट गरेबापत शुल्क लिने व्यवस्था हुनेछ । यो नयाँ सदस्यता मोडेल प्रस्तुत गर्नुको उद्देश्य बट्स र स्प्यामरहरू विरुद्ध लड्नु रहेको एक्सले बताएको छ । यसको सदस्यता शुल्क बार्षिक एक डलर प्रस्ताव गरिएको छ ।
नयाँ मोडल सबैभन्दा पहिले न्युजिल्यान्ड र फिलिपिन्समा लागू गरिने एक्सले जनाएको छ । यस परीक्षणमा, अवस्थित प्रयोगकर्ताहरू प्रभावित हुने छैनन्, तर सदस्यता लिन नचाहने नयाँ प्रयोगकर्ताहरूले पोस्ट वा भिडियोहरू हेर्न र खातालाई फलो गर्न मात्र सक्षम हुनेछन् । लाइक या रिपोष्ट गर्न उनीहरुले शुल्क तिर्नुपर्ने छ । एक्सले अहिले शुल्क लिएर सदस्यता लिने र उनीहरुलाई मोनिटाइजदेखि अन्य सुबिधा दिइरहेको छ ।