इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व थप चर्किन नदिन राष्ट्रसङ्घ महासचिवको आग्रह



संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायलमाथि हमासले गरेको आक्रमणपछि द्वन्द्व बढ्न नदिन मध्यपूर्वमा कूटनीतिक प्रयास गर्न गरेका छन् । उनले द्वन्द्व थप चर्किनबाट रोक्नका लागि सबै कूटनीतिक प्रयासगर्न आग्रह आग्रह गरेका हुन्।

दुई राष्ट्रको द्वन्द्व समाधान गरी शान्ति हासिल गर्न वार्ता नै उत्तम माध्यम भएको उनले बताएका छन् । प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो ।


शनिबार हमास र इजरायली पक्षबाट भएका आक्रमणहरूमा दुबैतर्फ गरी तीन सय भन्दा बढीको मृत्यु भएको छ । हमासको आक्रमणको विश्वव्यापी आलोचना भएको छ भने इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ ।