सुन तस्करी प्रकरणः आजबाट थुनछेक बहस



काठमाडौं । त्रिभुवन विमानस्थल बाहिर भेटिएको ६० किलो सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौं ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो ।


जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको वयान मंगलबारसम्ममा सकिएकाले बुधबारबाट थुनछेक बहस सुरु हुन लागेको हो ।

गत साउन ३ गते समातिएको ६० केजी बढीको सो सुन तस्करी प्रकरण र भेपमा ल्याइएको झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलका कार्यालयले प्रतिबादीहरूलाई थुनामा राखेर छानबिन गर्न आदेश माग गर्नेछ ।