सुन तस्करी प्रकरण : ३२ जनालाई थप चार दिन हिरासतमा राखिने



काठमाडौं । अवैध ६०.७१७ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान हुने भएको छ । यसअघि पछिल्लोपटक पाएको म्याद सकिएसँगै उनीहरुलाई बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत पुर्याएकोमा चार दिन हिरासतमा राख्न अनुमति पाएको हो ।

बुधबार सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।
सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । अबको तीन दिनभित्र सरकारी वकिलको कार्यालयले मुद्धा अदालतमा दर्ता गरिसक्नुपर्नेछ ।