मलङ्गवा । सर्लाहीको मलङ्गवामा दुई समुदायबीच विवाद चर्किएपछि सर्वदलीय बैठक डाकिएको छ ।
विवादले उग्र रुप लिएर अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सर्वदलीय बैठक डाकिएको हो ।
विवाद बढ्दै गएपछि मलङ्गवा क्षेत्रमा गएरातिदेखि कर्फ्यू आदेश जारी गरिएको छ । विवाद समाधान गरी सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सर्वदलीय बैठक डाकिएको हो ।