रक्षक सभाद्वारा तेस्रो संविधानसभा निर्वाचनको माग



काठमाडौं । स्वतन्त्र बुद्धिजीवी तथा आम नागरिक (समाज) को समानान्तर सरकार निर्माणको आव्हान र तेस्रो संविधान सभा निर्वाचनको माग गरिएको छ ।

बुधबार रक्षक सभाले विज्ञप्ति जारी गरी देशको राजनीतिले सर्वत्र निराशा मात्र छाएको भन्दै तेस्रो संविधासभा निर्वाचनको माग गरेको हो ।


विज्ञप्तिमा भनिएको छ, ‘शताव्दी बित्न लाग्यो तर सूर्य यो देशमा कहिल्यै उदाएन । यति लामो कालरात्रीमा करोडौं नेपालीका सपना सोत्तरान भए । ती सपनाहरु थाकेर, हारेर, वितेरै गए या विदेश लागे । असूरहरुले कहिले लेनिनका सपना साकार गर्छौं भने, कहिले गान्धीका सपना साकार गर्छौं भने, कहिले माओका सपना साकार गर्छौं भने । आज सम्म एक निमूखा र निसहाय नेपालीका सामान्य भन्दा सामान्य सपना साकार गर्न सम्म पनि कूनै सक्षम सन्तान जन्मेनन् । राजनीति, मानव अधिकार, निर्वाचन, कानून, संचार, नागरिक समाज सवै विदेशी उत्पादन वेच्ने, जर्वजस्ती थोपरिएका, आफैंले आफैंलाई माला लगाएका नेपाली पसलहरु हून् भन्ने बुझ्दा बूझ्दै आँखाहरु, मन र शरिर सबै थाकिसके । उदियमान भनिएका पात्रहरुले पनि कून खाडलमा कून दिन जाकिदिने हून् ? त्यतिबेला हामीले कति पछुताउनु पर्ने, हो कूनै ठेगान छैन ।’