भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा



काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन् । गुरुङ आइतबार साँझ धरौटी बुझाएर रिहा भएका हुन् ।

ललिता निवास प्रकरणमा जोडिएका गुरुङलाई जिल्ला अदालत काठमाडौँले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।


जिल्ला अदालतले आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।