बीआरआईलाई टक्कर दिन भारत, साउदी अरब, अमेरिका र युरोपद्वारा बहुराष्ट्रिय परियोजनाको घोषणा



नयाँ दिल्ली । भारतले मध्यपूर्व र पूर्वी युरोपसम्म पुग्नका लागि नयाँ रेलमार्ग तथा पानीजहाज करिडोरको योजना अघि सारेको छ । शनिबार भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको जी २० शिखर सम्मेलनमा यसबारे घोषणा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय समचार संस्था टाइम्स अफ इन्डियाका अनुसार चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईलाई टिक्कर दिनका लागि भारत, अमेरिका, युरोपेली युनियन ईयू र साउदी अरबले नयाँ बहुराष्ट्रिय परियोजनाको घोषणा गरेका हुन् ।


यस बहुराष्ट्रिय रेलवे एवम् बन्दरगाह निर्माण गरिने यस परियोजनालाई आधुनिक मसला मार्ग अर्थात् स्पाइस रुटको रुपमा कार्य गर्ने जनाइएको छ ।

प्रचिन कालमा भारतबाट युरोपतर्फ मसला आपूर्ति हुने मार्गलाई परम्परागत रुपमा स्पाइस रुट भन्ने गरिन्छ । यस परियोजनाले विश्व अर्थतन्त्रको एक तिहाई हिस्सा भएका मुलुकको पारवहनमा सहज हुने अपेक्षा गरिएको छ ।