बालेनले हटाए ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने स्ट्याटस



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने सामाजिक सञ्जालमा पोस्ट गरको स्ट्याटस हटाएका छन् ।

बालेनले सोमबार बिहान उक्त स्टाटस हटाएका हुन् । अहिले उनको सामाजिक सञ्जालमा असो स्ट्याटस देखिँदैन । बालेनले शनिबार बेलुका सामाजिक सञ्जालमा लेखेको सो स्ट्याटस विवादित बनेको थियो ।


उनले लेखेका थिए- ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

बालेनले श्रीमती सबिना काफ्ले चढेको गाडीलाई प्रहरीले रोकेको विषयलाई लिएर सो स्ट्याटस लेखेका थिए । सो स्ट्याटस पछि मेयर जस्तो पदमा बसेको र सबैले आशा गरेको युवाले यस्तो आक्रामक स्ट्याटस लेखेको भन्दै आलोचना गरेका थिए ।